Skip to content

१० लाख रुपैयाँसम्मको आयमा छुट दिनु भनेको निकै क्रान्तिकारी काम भएको अर्थमन्त्री वाग्लेको दाबी

‘सरकारले देशलाई जिम्बाबे, भेनेजुयला जस्तो बनाउँन चाँहदैन, भ्याटको निर्णयबाट पनि कुनै हालतमा हटिन्न’

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १० लाख रुपैयाँसम्मको आयकर छुट दिनु भनेको यो निकै क्रान्तिकारी काम भएको दाबी गरेका छन् ।

उनले कलेज सकिँदै गरेको युवाले मासिक १ लाख कमाउँदै गर्दा पनि कर छुट पाउँछु भन्ने अवस्था सृजना भएको उनको दाबी छ ।

आज नाफिजले आयोजना गरेको कार्यक्रममा उनले आगामी आवको बजेट जिडीपीको आकारमा हेर्दा निकै सानो भएको दाबी गरेका छन् ।

यसअघि जिडीपीको ३७ प्रतिशतसम्म बजेट ल्याएको उनको दाबी छ । दुई तिहाइतको सरकारले पनि निकै सानो बजेट ल्याएको उनको दाबी छ ।
६ खर्ब ५० अर्बको ऋणमध्ये आधा भन्दा बढी पुरानो तिर्दा सकिने र नेट ऋण निकै कम भएको उनको दाबी छ ।

पुराना खर्बौको दायित्वले थिचेको उनको गुनासो छ । बजार सिथिल रहेको बेला त्यसलाई चलायमान बनाउने उनको तर्क छ ।

बिजुलीमा भ्याट लगाउने विषयमा अरुले गफ गरेको भएपनि आफुहरुले काम गरेको दाबी गरे ।

सरकारले बाँडेपछि जिम्बाबे, भेनेजुयला जस्तो बन्ने दाबी गरे । उनले सरकारले घोषणा गरेको भ्याट जुनसुकै हालतमा लगाउने, पछि नहटने दाबी गरे । उनले विद्युत नियमन आयोगलाई भनेर मूल्य समायोजन गर्न अपिल गर्ने दाबी गरे ।

विद्युतमा १५० युनिट उठेपनि ५० युनिटसम्म निशुल्क हुने भएर २४ रुपैयाँ मात्रै बढ्ने भएर त्यसले कुनै आकाश नखस्ने उनको तर्क छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima