Skip to content

वीरगञ्ज नाकाबाट करिब ८ अर्बको दलहन आयात: सवा ३ अर्बको मुसुरोको दाल, ४२ करोडको गेडागुडी भित्रियो

nabil bank

पर्सा । चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाका हुँदै ७ अर्ब ९७ करोड रुपैयाँ बराबरको दलहन आयात भएको छ । यहाँबाट विभिन्न सात प्रकारका दलहन नेपाल आयात गरिएको हो ।

गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाकाबाट हुने आयातमा मूल्यको आधारमा दुई अर्ब २४ करोड रुपैयाँ अर्थात् २२ प्रतिशतले गिरावट आएको छ । जबकी गत आवको १० महिनामा यहाँबाट १० अर्ब २१ करोड रुपैयाँ मूल्यका दलहन आयात गरिएको थियो ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवको १० महिनामा मूल्यको आधारमा दलहनको आयात २२ प्रतिशतले कमी आएको बताए । उनका यस अवधिमा तीन अर्ब २० करोड रुपैयाँ मूल्य पर्ने मुसुरोको दाल आयात भएकामा गत आवको १० महिनामा चार अर्ब ५० करोड रुपैयाँको मुसुरो दाल आयात भएको थियो ।

यसैगरी, चालु आवका १० महिनामा २ अर्ब ४ करोड मूल्य रुपैयाँ पर्ने सिसी/राजमा आयात भएको छ । गत वर्ष सोही अवधिमा भने २ अर्ब ७४ करोड रुपैयाँको सिमी/राजमा आयात भएको थियो । चालु आवको १० महिनामा एक अर्ब ९२ करोड रुपैयाँ मूल्यको चना आयात भएको छ भने गत आवको सोही अवधिमा भने २ अर्ब १७ रुपैयाँ करोडको आयात भएको थियो ।

चालु आवको १० महिनामा रु ४२ करोड मूल्यको अन्य गेडागुडी आयात भएको छ भने गत आवको सोही अवधिमा ४५ करोड ८८ लाखको आयात भएको सूचना अधिकारी विष्टले जानकारी दिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi