Skip to content

कर छलीको आशंकामा भन्सारका प्रमुखसहित ६ कर्मचारी माथि छानबिन सुरु

काठमाडौं । सरकारले हालै बढाएको सवारीसाधनसम्बन्धी भन्सार तथा कर दर छल्ने उद्देश्यले अनियमित रूपमा जाँचपास गरिएको आशंकामा रसुवा भन्सार कार्यालयका प्रमुखसहित ६ कर्मचारीमाथि छानबिन सुरु गरिएको छ।

भन्सार विभागले कार्यालय प्रमुख तुलसी भट्टराईसहित ६ जना कर्मचारीलाई विभागमा तानेर अनुसन्धान प्रक्रिया अघि बढाएको हो। प्रारम्भिक विवरणअनुसार केही सवारीसाधन नेपाल भित्र प्रवेश नै नगरी कागजी प्रक्रियाका आधारमा भन्सार जाँचपास गरिएको हुनसक्ने आशंका गरिएको छ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत महँगा सवारीसाधनमा लाग्ने भन्सार तथा करको दर उल्लेखनीय रूपमा वृद्धि गरेपछि पुरानो दरमै जाँचपास गराएर राजस्व छली भएको हुनसक्ने संकेत देखिएको छ। यस विषयमा तथ्यगत छानबिन भइरहेको भन्सार विभागले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima