Skip to content

आर्थिक विधेयकमा त्रुटि भयो भन्दै अर्थमन्त्रीले गराए संसद्लाई जानकारी

nabil bank

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा भएका त्रुटिलाई सच्चाएका छन् । उनले १५ जेठमा सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटसँगै जारी गरेको आर्थिक विधेयक २०८३ मा भएका त्रुटिलाई सच्याएर संसदमा सचिवालयमा दर्ता गराएका हुन् ।

उनले सार्वजनिक गरेको आर्थिक विधेयकमा त्रुटि फेला परेपछि अर्थ मन्त्रालयले सच्चाएर वेबसाइटमा प्रकाशन गरेको  संघीय संसद् सचिवालयको प्रवक्ता एकराम गिरीले लगानी न्युजलाई जानकारी दिए ।  मन्त्रालयले आर्थिक विधेयक सच्चाएर सूचित आदेश २० जेठमा मात्रै प्रकाशित गरेको छ ।

अर्थमन्त्री वाग्लेले आर्थिक विधेयकको दफा ११ को उपदफा २ मा, अनुसूची ४ मा छुटेको प्रकारण ५, दफा ५५ को उपदफा १० को अनुसूची १ को समूह २ को भन्सार उपशीर्षक सच्चाएको स्रोतले बतायो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi