Skip to content

आइएमई खल्ती र भिजन कन्स आई क्लिनिकबीच छुट सम्बन्धी सम्झौता

nabil bank

काठमाडौं । फिनटेक कम्पनी आइएमई खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच कर्पोरेट वेलनेस सम्झौता भएको छ ।

पानीपोखरीस्थित आइएमई खल्तीका कर्मचारी तथा तिनका परिवारलाई आँखाको विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले यो सम्झौता भएको हो ।

सम्झौताअन्तर्गत आइएमई खल्तीका कर्मचारीले निस्शुल्क व्यापक आँखा परीक्षण, निस्शुल्क चिकित्सक परामर्श र प्राथमिकताका साथ अपोइन्टमेन्टको सुविधा पाउनेछन् । यी सेवाहरू भिजन कन्सका बौद्ध, लाजिम्पाट र माकलबारीस्थित शाखाहरूमा उपलब्ध हुनेछन् ।

चिकित्सा सेवाका अतिरिक्त आर्थिक सुविधा पनि प्रदान गरिनेछ। छनोट गरिएका अप्टिकल उत्पादनमा ४० प्रतिशतसम्म छुट, ब्रान्डेड फ्रेममा २० प्रतिशत छुट तथा प्रिस्क्रिप्सन गिलास र कन्ट्याक्ट लेन्समा विशेष कर्पोरेट मूल्य उपलब्ध गराइनेछ ।

यसका साथै भिजन कन्सले डिजिटल आँखा थकानसम्बन्धी विशेष जागरण कार्यक्रम पनि सञ्चालन गर्नेछ । आइएमई खल्तीले आफ्ना कर्मचारीबीच यी सुविधाको प्रचारप्रसार गर्नेछ । यो सहकार्य एक वर्षका लागि लागू रहनेछ र सहज कार्यान्वयनका लागि दुवै संस्थाले आ-आफ्नो समन्वयकर्ता नियुक्त गर्नेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi