काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजार मापन गर्ने सूचक १.५४ अंकले घटेर परिसूचक २७३३.५९ बिन्दु कायम भएको छ ।
३५७ कम्पनीको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा १५१ कम्पनीको मूल्य घटेको छ भने १०५ कम्पनीको मूल्य बढेको छ ।
कारोबारमा होटल जलविद्युत, उत्पादन तथा प्रशोधन, अन्य समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ ।
कारोबारमा सोपान फर्मास्युटिकल्स कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै कालिन्चोक हाइड्रोपावर कम्पनीको मूल्य पनि सकारात्मक तहमा बढेको छ।












प्रतिक्रिया दिनुहोस्