Skip to content

तीन दिनपछि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । आज नेपाली बजारमा सून चाँदीको मूल्य बढेको छ । लगातार तीन दिन घटेको सुनको मूल्य आज बढेको हो ।

आज सुन प्रतितोला २ हजार रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदी प्रतितोला ४ हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला ४ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi