Skip to content

जेठमा घर जग्गा कारोबारबाट सवा ५ अर्ब राजस्व सङ्कलन

nabil bank
काठमाडौं । देशभरका भूमि प्रशासन कार्यालयले गत जेठ महिनामा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार १०१ बराबर राजस्व सङ्कलन गरेका छन् ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार देशभरका १३८ भूमि प्रशासन कार्यालयले सेवाकरबाट रु २८ करोड ६६ लाख ३२ हजार ५६० सङ्कलन गरेको छ ।
यस्तै, रजिष्ट्रेसन दस्तुरबाट दुई अर्ब ७८ करोड ५१ लाख १६ हजार २२६, पुँजीगत लाभकरबाट दुई अर्ब १२ करोड ३१ लाख ४२ हजार ६४४ सङ्कलन गरेको छ ।
विभागका अनुसार भूमि प्रशासन कार्यालय डिल्लीबजारले रु ३४ करोड ४४ हजार, टोखाले १० करोड ९९ लाख २३ हजार, चाबहिलले ३१ करोड ४२ लाख १९ हजार बराबरको राजस्व सङ्कलन गरेको छ ।
विभागका अनुसार गत वैशाख महिनामा देशभरका मालपोत कार्यालयहरूले कुल रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार ८७३ बराबरको राजस्व सङ्कलन गरेका थिए ।
यस्तै,  गत चैतमा कुल छ अर्ब १६ करोड ५७ लाख ५० हजार ११७ राजस्व सङ्कलन गरेका थिए । त्यस्तै, गत फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार ९३२ र गत माघमा भने पाँच अर्ब ९९ लाख २४ हजार ५३६ बराबरको राजस्व सङ्कलन भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi