काठमाडौं । बिहीबार सुन–चाँदीको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य तोलाको १०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ३५ रुपैयाँ घटेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलाको २ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ९७ हजार ३०० रुपैयाँ रहेको थियो ।
यसैगरी, आजको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्