Skip to content

दीपक भट्ट लक्षित मन्त्री वाग्लेको जवाफ: पुँजी बजारमा बिचलन ल्याउनेलाई खर्ब बढीको मुद्दा दायर भयो, हामी तानिन्छौ की भन्नेलाई डर होला

काठमाडौं । आज बसेको प्रतिनिधि सभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि धमाधम सेयर बजार घटेको भन्दै प्रश्न उठ्यो । सांसद खुश्बु ओलीले यस्तो प्रश्न उठाईन ।

उक्त प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल र्पुपक्षका लागि प्रहरीको हिरासतमा रहेका व्यवसायी दीपक भट्टको स्मरण घुमाउरो शैलीमा गरेका छन् ।

बैठकमा मन्त्री डा वाग्लेले भने “भर्खरै एक खर्ब भन्दा बढी बिगो माग दाबी गर्दै मुद्दा दायर भएको छ” उनले भने, “यो पुँजी बजारमा निकै ठूलो बिचलन हो । इन्स्योरेन्स, स्टक, सेक्युरिटिज, यत्रो बिचलन, देशै हल्लाउने, भित्र भित्रै मक्की सकेको कुरालाई हामी ट्रयाकमा ल्याउँदै छौ ।”

मन्त्री डा. वाग्लेले अहिले केही लगानीकर्ताहरु मुद्दा दायर भएका व्यक्तिसँगै हामी पनि कतै तानिन्छौ की भन्ने, म पनि पर्छु की भन्ने भय त्रासमा परेको बताए । उनले केही लगानीकर्ता अहिले ‘वेट एण्ड सी’मा रहेको बताए ।

उनले सरकारले एक एक घन्टामा स्टक मार्केट तल जान्छ की माथी जान्छ भनेर हेर्नु भन्दा पनि युग युगको लागि दुरगामी नीतिमा काम गरिरहेको जानकारी गराए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi