Skip to content

संसदमा अर्थमन्त्रीकाे रक्षात्मक जवाफ: ‘बजेटले कर बढायो भन्ने भ्रमबाट मुक्त हुनुस्’

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटले नागरिकमाथि करको भार थपेको भन्ने धारणा गलत रहेको बताएका छन्। प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले सरकारले धेरै कर छुट र सहुलियत दिएको उल्लेख गर्दै बजेटलाई करमुखी भन्न नमिल्ने बताएका हुन्।
‘कर छुटका धेरै सुविधा दिएका छौँ, केही सीमित क्षेत्रमा मात्र कर लगाएका छौँ,’ उनले भने, ‘सरकारले बजेटमार्फत नागरिकमाथि करको भार थपेको भन्ने भ्रमबाट मुक्त हुन म सम्मानित सांसदज्यूहरूलाई आग्रह गर्दछु।’
अर्थमन्त्रीले सरकारले विभिन्न शीर्षकमा कर संकलन गरे पनि त्यसको उपयोग राज्यको प्राथमिकताअनुसार गरिने स्पष्ट पारे। करको रकम एउटै कोषमा जम्मा हुने र जनमत प्राप्त सरकारले आवश्यकताअनुसार त्यसको विवेकपूर्ण उपयोग गर्ने उनको भनाइ थियो।
उनले बुढीगण्डकी जलविद्युत् आयोजनाको क्षतिपूर्ति वितरणका लागि ४३ अर्ब रुपैयाँ विनियोजन गरिएको उदाहरण दिँदै प्रत्येक करलाई छुट्टै कोषमा राख्न आवश्यक नपर्ने बताए। प्रदूषण शुल्कबाट संकलित रकम वातावरण मन्त्रालयअन्तर्गतका निकायमार्फत वातावरण संरक्षणका कार्यक्रममै खर्च भइरहेको पनि उनले स्पष्ट पारे।
शिक्षा क्षेत्रमा लगाइएको कर निजी विद्यालयलाई लक्षित रहेको उल्लेख गर्दै उनले वार्षिक २५ हजार रुपैयाँसम्मको शैक्षिक खर्चमा कर कट्टीको सुविधा दिइएको जानकारी गराए।
यसैगरी, वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी भएका नागरिकलाई करको दायराभन्दा बाहिर राखिएको उल्लेख गर्दै उनले यसलाई सरकारको ‘क्रान्तिकारी कदम’ का रूपमा व्याख्या गरे। उक्त व्यवस्थाबाट सर्वसाधारणको लाखौँ रुपैयाँ बचत हुने उनको दाबी थियो।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T