Skip to content

सुन–चाँदीको मूल्यमा भारि गिरावट, कतिमा हुँदैछ कारोबार छ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्यमा भारि गिरावट आएको छ। आज सुन प्रतितोला १० हजार ५०० रुपैयाँ र चाँदी तोलामा ३०५ रुपैयाँले घटेको हो।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदी प्रतितोला चार हजार ६४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ९४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T