काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । शुक्रबार सेयर बजार मापक नेप्से परिसूचक १.६३ अंकले बढेर २७०२.११ बिन्दुमा पुगेको छ ।
सेयर बजारसंगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आजको बजारमा ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँ बराबरको कारोबार भएको छ। बिहीबारको बजारमा ३ अर्ब ४१ करोड ४८ लाख २३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
आज कारोबारमा आएको १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। आज एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमको आधारमा आज ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६र८७ शीर्ष स्थानमा रहेको छ। यस दिन सो स्टकको ३३ करोड ११ लाख २२ हजार रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्