Skip to content

अष्ट्रेलियाले इन्धन अन्त:शुल्क कटौतीको अवधि एक महिना थप्यो

काठमाडौं । अष्ट्रेलियाली सरकारले इन्धनमा लाग्ने अन्त:शुल्क कटौतीको अवधि थप एक महिना विस्तार गर्ने घोषणा गरेको छ ।

प्रधानमन्त्री एन्थोनी अल्बानीजले आइतबार वक्तव्य जारी गर्दै आगामी जुलाई १ देखि अगस्ट २ सम्म इन्धन अन्त:शुल्कमा प्रतिलिटर १६ सेन्ट छुट कायम रहने बताए ।

हाल लागू रहेको प्रति लिटर ३२ सेन्टको छुट उक्त अवधिमा आधा घटाइने र अगस्ट २ पछि पूर्ण अन्त:शुल्क दर प्रति लिटर ५२ दशमलव छ सेन्ट पुन: लागू गरिनेछ ।

मध्यपूर्वको द्वन्द्वका कारण उत्पन्न विश्वव्यापी तेल सङ्कट र इन्धन मूल्यमा आएको तीव्र वृद्धिको प्रभाव न्यूनीकरण गर्न अष्ट्रेलियाको सङ्घीय सरकारले गत अप्रिल १ देखि तीन महिनाका लागि प्रति लिटर २६.३ सेन्ट अन्त:शुल्क कटौती गरेको थियो । उक्त अवधिमा राज्य तथा क्षेत्रीय सरकारले थप पाँच दशमलव सात सेन्ट प्रतिलिटर बराबरको राहत प्रदान गर्न सहमति जनाएका थिए ।

प्रधानमन्त्री अल्बानीजले अर्थमन्त्री जिम चाल्मर्स, ऊर्जामन्त्री क्रिस बोवेन तथा यातायातमन्त्री क्याथरिन किङसँगको संयुक्त वक्तव्यमा इन्धन अन्त:शुल्क कटौती क्रमिक रूपमा फिर्ता गर्दा बढ्दो जीवनयापन खर्चको दबाब सामना गरिरहेका नागरिकलाई राहत पुग्ने बताए ।

वक्तव्यमा भनिएको छ, “आर्थिक तथा इन्धन बजारको स्थायित्व पुन:स्थापित हुन समय लाग्ने भएकाले अन्त:शुल्क कटौतीको अवधि विस्तार गरिएको हो ।”

उनीहरूले हालै पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय गिरावट आए पनि सर्वसाधारण अझै आर्थिक दबाबमा रहेको स्वीकार गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi