काठमाडौं । बेलायती प्रधानमन्त्री कीर स्टार्मरले पदबाट राजीनामा दिएका छन् । साथै उनले लेबर पार्टीबाट समेत राजीनामा दिने घोषणा गरेका हुन् ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् । उनले आगामी आम निर्वाचनमा पार्टीको नेतृत्व गर्न आफू उपयुक्त पात्र हो कि होइन भन्ने प्रश्न पार्टीभित्र उठेपछि राजीनामा दिएको जानकारी गराएका छन् ।
उनले आफ्ले सन् २०२४ को जुलाईमा सत्ता सम्हाल्दा राजनीतिक र आर्थिक रूपमा निकै कमजोर अवस्थाको स्मरण गर्दै आफ्नो नेतृत्वमा पार्टीलाई सुदृढ बनाएको दाबी गरे। उनले अर्थतन्त्र तथा राष्ट्रिय सुरक्षामा जनताको विश्वास पुन: स्थापित गरेको, यहूदी विरोधी भावना (एन्टी–सेमिटिज्म) लाई निर्मूल पारेको दाबी गरे ।
लेबर पार्टीको नयाँ नेतृत्व चयनका लागि आगामी जुलाई ९ देखि मनोनयन हुनेछ । सेप्टेम्बरमा संसद् पुन: सुरु हुनुअघि नयाँ नेता चुनिसक्ने लक्ष्य राखिएको छ। त्यतिन्जेलसम्म स्टार्मर नै प्रधानमन्त्रीका रूपमा रहनेछन् ।









प्रतिक्रिया दिनुहोस्