Skip to content

स्ट्रेट अफ होर्मुजकाबाट ढुवानी प्रवाह पुन: सुरु, आपूर्तिको अवरोधलाई कम हुनेमा भारत आशावादी

काठमाडौं । स्ट्रेट अफ होर्मुजकाबाट ढुवानी प्रवाह पुन: सुरु गरिए पछि ऊर्जा तथा मल आपूर्तिको अवरोधलाई कम गर्ने विषयमा आशावादी रहेको भारतका सुरक्षा प्रमुख अजित डोभालले मंगलबार नयाँ दिल्लीमा आयोजित ब्रिक्स सुरक्षा बैठकमा बताएका छन् ।

तेल तथा ग्यास आयातका लागि प्रमुख जलमार्गको रुपमा रहेको होर्मुजको हालको अवस्था अनिश्चित रहेको छ भने इरान र संयुक्त राज्य अमेरिकाको सहमति गत हप्ता पुन: खोलिएको थियो । तर तेहरानले शनिबार लेबनानमा इजरायली आक्रमणको प्रतिक्रियामा यसलाई फेरि बन्द गरेको घोषणा गर्यो ।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले ब्रिक्स राष्ट्रका सुरक्षा प्रमुखहरूले भेट वार्ता पछि यसलाई पुन: खोल्नु स्वागत योग्य विषय भएको बताए ।

यसले आपूर्ति श्रृङ्खलाका बाधाहरू कम गर्न मद्दत गर्ने र रसायिनिक मल तथा अन्य आवश्यक वस्तुहरूको अभाव कम गर्ने डोभालले बताए ।

डोभालले सोमबार तेहरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ सदस्य इरानी अधिकारी गदिर नेजामिपुर र चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता गरे ।

रूस, दक्षिण अफ्रिका र ब्राजिल लगायत ब्रिक्सका अन्य प्रतिनिधिहरू पनि बैठकका लागि नयाँदिल्लीमा आएको जनाइएको छ ।

यसैबिच भारतका उद्योग तथा वाणिज्य मन्त्री पियुष गोयलले नयाँ दिल्लीमा भ्रमण गर्ने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरसँग नयाँ चरणको बैठक सुरु गरेको जनाइएको छ ।

अमेरिका र भारतबिचको व्यापार सम्झौतालाई अन्तिम रूप दिन छलफल जारी रहेको भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल मार्फत जानकारी गराए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता जुन –१७ मा फ्रान्समा भएको जी–७ शिखर सम्मेलनको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट–वार्त गर्नु भएको थियो । जहाँ उनले व्यापार सम्झौताका लागि लामो समय देखि चलिरहेको वार्तामा उल्लेखनीय प्रगति भएको समेत बताए ।

सम्झौता अनुसार वासिङ्टन र नयाँदिल्लीले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारलाई ५०० अर्ब अमरिकी डलर पुगाउने लक्ष्य राखेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi