Skip to content

नेपालीले ११ महिनामा साढे ६७ हजार किलो सिन्काले कोट्याए दाँत, २ करोड ४६ लाख रुपैयाँ बाहिरियो

काठमाडौं । नेपालमा दाँत कोट्याउने सिन्का टुथपिक) को आयात उल्लेखनीय रुपमा वृद्धि भइरहेको छ ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा २ करोड ४६ लाख ८३ हजार रुपैयाँ बराबरको टुथपिक आयात भएको छ । भन्सार विभागका अनुसार चालु आवको जेठ मसान्तसम्म नेपालमा ६७ हजार ५४५ किलो टुथपिक आयात भएको छ ।

टुथपिक आयातबाट सरकारले ९० लाख ६८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागका अनुसार जेठ मसान्तसम्म सबैभन्दा धेरै टुथपिक चीनबाट आयात भएको छ । चीनबाट २ करोड ४५ लाख ५९ हजार रुपैयाँको ६६ हजार ८४३ किलोग्राम टुथपिक आयात भएको छ । जसमा ४१ हजार २४७ किलो टुथपिक र २५ हजार ५९६ किलोग्राम काठको टुथपिक आयात भएको छ ।

यस्तै भारतबाट ५०० किलोग्राम टुथपिक आायात भएको छ । जसमा टुथपिक२५ र काठको टुथपिक ४२५ किलोग्राम आयात गरिएको छ । टुथपिक आयात गर्दा भारत १ लाख १३ हजार बाहिरिको छ ।

यस्तै थाइल्यान्डबाट २०२ किलोग्राम काठको टुथपिक आयात भएको छ । यसको मूल्य ११ हजार रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi