Skip to content

ललितपुर महानगरले सम्पत्ति,भूमिदेखि कृषकलाई जग्गा बहालमा कर छुट दिने

काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षमा सेवाग्राहीलाई विभिन्न शिर्षकमा कर छुट दिने भएको छ ।

महानगरका अनुसार आव २०८३/०८४ को असोज मसान्त भित्र सम्पत्ति कर र भूमिकर बुझाएमा १० प्रतिशत छुट दिइने छ । यस्तै एकल महिला, दलित, अपांगता भएका व्यक्ति वा समूहद्धारा संचालित व्यवसाय दर्तामा ५० प्रतिशत छुट दिईनेछ ।

नर्सरी, फलफुल खेती तथा तरकारी खेती गर्ने कृषकलाई जग्गा बहाल करमा छुट दिइने भएको छ ।

यस्तै विश्व सम्पदा क्षेत्र भित्र सम्पदा क्षेत्रको मापदण्ड परिपालन गरी निर्माण गरिएका घरहरुको सम्पत्ति कर छुट दिइने भएको छ ।  यस्तै नीजि क्षेत्रबाट सार्वजनिक सुविधाका लागि पार्किङ व्यवस्थापन सम्बन्धमा नक्सापास दस्तुरमा छुट प्रदान गरिने भएको छ ।

चालु आ.व.मा व्यवसाय नविकरण गर्दा निर्धारित करको दररेटमा २५ प्रतिशत छुट गरी व्यवसाय कर लिइने भएको छ ।

महानगरपालिकामा दर्ता भई नविकरण हुन बाँकी उद्योग व्यवसायहरुको हकमा आ.व.०८३/०८४ को पुस मसान्त भित्र सम्पूर्ण वक्यौता रकम चुक्ता गरेमा आ.व. ०७४/०७५ सम्मको व्यवसाय र बहाल करमा लाग्ने कर र जरिवाना दुवै छुट दिइएको छ ।

विभिन्न सरकारी निकायमा दर्ता भई कुनै कारोवार नभएका/निष्क्रिय फर्म/कम्पनी/व्यवसायको हकमा उक्त फर्म/कम्पनी/व्यवसाय बन्द गर्ने प्रयोजनका लागि मात्र आवश्यक कागजातको आधारमा ०८३/०८४ को मात्र व्यवसाय कर लिई व्यवसाय बन्दको सिफारिस गरिने बजेटमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi