काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५५ रुपैयाँले घटेको छ ।
आज सुन तोलाको २ लाख ७९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदी तोलामा ४ हजार १८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार ४ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्