Skip to content

पर्यटनलाई कृषिसँग जोड्न, अर्थतन्त्रलाई मजबुद बनाउन ‘रोपाइँ महोत्सव’

काठमाडौं । पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’ महोत्सव आयोजना गरिएको छ ।

तीन दशकदेखि मुलुकको ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा क्रियाशील गाउँ पर्यटन प्रवद्र्धन मञ्च ९भिटोफ० नेपालले आइतबार धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–७ सुकौरा फाँटमा रोपाईँ महोत्सव आयोजना गरेको हो ।

‘समुन्नत नेपालको प्राथमिक आधार: पर्यटन र कृषि नेपाली अर्थतन्त्रका जराधार’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गरिएको भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलियाले बताए । स्थानीय संस्कृति, परम्परा, कृषि तथा ग्रामीण पर्यटनको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको रोपाईँ महोत्सवले ग्रामीण अर्थतन्त्रमा विशेष योगदान पुर्‍याउनेमा उनले विश्वास व्यक्त गरे ।

त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले पर्यटन र कृषिलाई नेपाली अर्थतन्त्रको मेरुदण्ड बनाउनका लागि यस्ता महोत्सवले सहयोग पुग्ने बताए । गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलले स्थानीय तहले पछिल्लोे समय पर्यटनलाई मुख्य प्राथमिकता दिएर नीति तथा कार्यक्रम बनाएको बताए ।

भिटोफका संस्थापक महासचिव शम्भु पाठकले पर्यटनसँग जोडिएका यस्ता कार्यक्रमले ग्रामीण विकासमा इँटा थप्ने बताउँदै सबैलाई पर्यटन अभियानमा समर्पित हुन आग्रह गरे ।

महोत्सवमा भिटोफका प्रमुख सल्लाहकार आलोक प्रसाईं, सल्लाहकार दीपक दाहाल, पर्यटन महिला सञ्जालकी पूर्व अध्यक्ष निर्मला धमला, भिटोफका पूर्वअध्यक्ष बोधराज भण्डारी र शिव लामिछानेको सहभागीता रहेको थियो । महोत्सवले स्थानीय पर्यटन र कृषिको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi