Skip to content

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने

nabil
global ime

काठमाडौं । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमश: कम हुँदै गएसँगै पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक प्लस) ले उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ।

विश्लेषकले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार आगामी बैठकमा उत्पादन विस्तारबारे निर्णय हुन सक्छ। साउदी अरब, रसियालगायत सात प्रमुख सदस्य राष्ट्रले अगस्ट महिनाको उत्पादन कोटाबारे अनलाइन बैठकमार्फत छलफल गर्नेछन्।

स्विस बैङ्क युबिएसका कमोडिटी विश्लेषक जियोभानी स्टौनोभोका अनुसारओपेक प्लसले अघिल्ला महिनामा सुरु गरिएको उत्पादन कटौती फिर्ता लिने प्रक्रिया जारी राख्दै दैनिक करिब एक लाख ८८ हजार ब्यारेल उत्पादन बढाउन सक्ने सम्भावना छ।

मध्यपूर्वमा हालैको द्वन्द्वका क्रममा ‘स्टे्रट अफ होर्मुज’मा भएको अवरोधले तेल आपूर्ति प्रभावित पारेको थियो। हालै इरान–अमेरिकाबीच भएको समझदारीपछि समुद्री आवागमनमा सुधार देखिएको छ।

विश्लेषकका अनुसार आपूर्ति प्रणाली क्रमश: सामान्य हुँदै गएपछि तेलको मूल्य युद्धपूर्वस्तरमा फर्किएको छ भने दैनिक आपूर्ति पनि पुन: वृद्धि हुँदै गएको छ।

स्याक्सो बैंकका विश्लेषक ओले ह्यान्सेनले रोकिएको उत्पादन पुन: सुरु गर्न समय लाग्ने बताउँदै निकट भविष्यमा उत्पादन वृद्धिको गति अझ बढ्न सक्ने सङ्केत गराए ।

विशेषज्ञहरुले आगामी वर्ष बजारमा आपूर्ति अधिक हुन सक्ने अनुमान गरेका छन् । तर उत्पादन क्षमता पुन: मूल्याङ्कन र कोटा निर्धारणजस्ता विषयहरू ओपेक प्लसभित्र चुनौतीपूर्ण बन्न सक्ने चेतावनी पनि दिइएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima