काठमाडौं । अर्थ मन्त्रालयले दुई विभागमा नयाँ प्रमुख पठाएको छ ।
भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाललाई पठाइएको छ ।
यस्तै विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयको सरुवा भएको छ । विभागको उपमहानिर्देशकमा प्रेमप्रसाद आचार्य नियुक्त भएका छन्।
यस्तै आन्तरिक राजश्व विभागको महानिर्देशकमा डा.भीष्मकुमार भुसाल नियुक्त भएका छन् । विभागका महानिर्देशक रमेश अर्यालको त्यहाँबाट सरुवा भएको छ ।





प्रतिक्रिया दिनुहोस्