काठमाडौं । बुधबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ९०० रुपैयाँ र चाँदीको मूल्य तोलाको ५५ रुपैयाँ घटेको हो ।
आज नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य तोलाको २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आजको नेपाली बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ५५५ रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्