काठमाडौं । एक बर्षमा आर्थिक वर्ष (२०८२/०८३) मा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) ५८ अर्ब १० लाख ८५ हजार ३०५ रुपैयाँ स्वीकृत भएको छ ।
विभागका अनुसार यो अवधिमा अटोमेटिक रुपमा ९ अर्ब ५८ करोड ४४ लाख ८२ हजार २८० रुपैयाँ र अप्रुभल रुटबाट ४८ अर्ब ४१ करोड ६६ लाख ३ हजार २५ रुपैयाँको एफडीआई स्वीकृत भएको छ ।
विभागका अनुसार असार महिनामा मात्रै १ अर्ब ८६ करोड ७६ लाख ३ हजार रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ । विभागका अनुसार असार मसान्तसम्म १११६ वटा परियोजना स्वीकृत भएको छ । जसमा असार महिनामा मात्रै २०२ वटा परियोजना स्वीकृत भएको छ ।
उद्योग विभागका अनुसार असार मसान्तसम्म उक्त रकमको १११६ वटा परियोजनाका लागि उक्त रकमको वैदेशिक लगानी प्रतिबद्धता भएको हो । विभागका अनुसार यो अवधिमा कृषि तथा वन पैदावारमा आधारित उद्योगमा २३ अर्ब १८ करोड ८० लाख रुपैयाँ लगानी आएको छ । यो रकम १८ वटा आयोजनाका लागि लगानी प्रतिबद्धता आएको हो ।
यस्तै धेरै लगानी स्वीकृत भएको दोस्रो आयोजनामा पर्यटन क्षेत्र रहेको छ । पर्यटन क्षेत्रमा २२७ आयोजनाका लागि १३ अर्ब ९९ करोड ७४ लाख ५० हजार रुपैयाँ लगानी प्रतिबद्धता भएको छ ।
यस्तै सेवामूलक क्षेत्रमा ७१ आयोजनाका लागि ४ अर्ब ९१ करोड ४० लाख रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ ।
विभागका अनुसार उत्पादनमूलक क्षेत्रका ६३ आयोजनामा ३ अर्ब ९१ करोड ८७ हजार ५३२ रुपैयाँ, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका ७२७ आयोजनामा २ अर्ब ८३ करोड ३४ लाख ३९ हजार रुपैयाँ, ऊर्जा क्षेत्रमा ४ वटा आयोजनाका लागि ७ अर्ब १६ करोड ८६ लाख ८५ हजार ८७३ रुपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ ।
यस्तै पूर्वाधार क्षेत्रमा २ परियोजनाका लागि १ अर्ब ८० करोड ४४ लाख २२ हजार ९०० रुपैयाँको लगानी प्रतिबद्धता भएको छ । विभाग अनुसार १११६ आयोजनामध्ये १०९२ वटा आयोजना साना उद्योग रहेका छन् भने १२ वटा मध्यम र १२ वटा ठूला उद्योग छन् । यी आयोजना निर्माण हुँदा २८ हजार ४२३ नेपालीले रोजगारी पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्