Skip to content

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौ‌ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा एक हजार ८०० र चाँदी ४५ ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ३१५ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार र चाँदी ४ हजार ३६० कायम भएको थियो । बिहीबार एक तोला सुन २ लाख ८४ हजार र चाँदी ४ हजार ३१० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ६३ र चाँदी ५८ अमेरिकी डलरमा किनबेच भइरहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

national life
MAK 4T
Arghakhachi