काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २१.१५ अंकले घटेर परिसूचक २६६३.१८ बिन्दु कायम भएको छ ।
कारोबारको सुरुदेखि नै आएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो ।
आज ३४३ कम्पनीको १ करोड ७ लाख ६१ हजार ३९६ कित्ता सेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० रुपैयाँको कारोबार भएको छ ।
कारोबारमा ५८ कम्पनीको मूल्य बढेको छ भने २१४ कम्पनीको मूल्य घटेको छ ।
आज सबै समूहका सूचक राताम्मे भएका छन् । कारोबारमा एभरेष्ट कलरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा खानीखोला हाइड्रोपावर कम्पनी पहिलो स्थानमा रहेको छ । दोस्रो र तेस्रो स्थानमा सिद्धार्थ बैंक र नेशनल हाइड्रोपावर कम्पनी रहेका छन् ।





प्रतिक्रिया दिनुहोस्