Skip to content

सुनको मूल्यमा उच्च वृद्धि, कतिमा हुँदैछ काराेबार?

काठमाडौं । स्थानीय बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला  चार हजार २०० रूपैयाँले वृद्धि भई दुई लाख ८८ हजार  कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रूपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ रूपैयाँले बढेर  चार हजार ४७५ रूपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७  र चाँदीको  मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T