काठमाडौं । स्थानीय बजारमा आज सुन-चाँदीको मूल्य बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला चार हजार २०० रूपैयाँले वृद्धि भई दुई लाख ८८ हजार कायम भएको छ । अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रूपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला ९५ रूपैयाँले बढेर चार हजार ४७५ रूपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी प्रतितोला चार हजार ३८० रूपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस चार हजार १२७ र चाँदीको मूल्य प्रतिऔँस ६० अमेरिकी डलर कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस्