Skip to content

 प्रि-ओपन सेसन सेयर बजार १.२३ अंकले घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि–ओपन सेसनमा सेयर बजार घटेको छ । शुक्रबार प्रि–ओपन सेसनमा सेयर बजार मापक नेप्से परिसूचक करिब साढे १ अंक घटेर बन्द भएको छ।

शुक्रबार प्रि–ओपन सेसनमा ४४ कम्पनीको ९४ पटकको कारोबारमा ४ करोड ८४ लाख ७८ हजार २४८ रुपैयाँ ६२ पैसाबराबरको १ लाख ३ हजार १९८ कित्ता सेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ कम्पनीको मूल्य बढेको छ भने २६ कम्पनीको मूल्य घटेको छ। बाँकी ४ कम्पनीको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T