Skip to content

४० लाखभन्दा बढी कमाउनेलाई २९ प्रतिशत कर, एकल र दम्पतीले आयमा कति बुझाउनु पर्छ ?

काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि आय करमा नयाँ दर कायम गरेको छ ।

सरकारले चालु आर्थिक बर्षको बजेटबाट नयाँ करमा दर लागू गरेको हो । यी दर साउन १ गतेदेखि लागू भइसकेको छ । एकल व्यक्ति तथा दम्पतीका लागि पारिवारिक छुट तथा आयको सीमा तोकिएको छ ।

सरकारले चालु आवको बजेटबाट आयकरको माथिल्लो रकममा लाग्ने कर घटाएको छ भने न्यूनतम रकममा लाग्ने करयोग्य आयको रकम बढाएको छ ।

साउन १ देखि आयमा अधिकतम २९ प्रतिशतसम्म कर लाग्नेछ । यसअघि ३९ प्रतिशत रहेको थियो ।

आन्तरिक राजस्व विभागका अनुसार प्राकृतिक व्यक्तिको करयोग्य आयमा विभिन्न सीमा रहेका छन् ।

आयकर ऐन, २०५८ अनुसार प्राकृतिक व्यक्तिका लागि लागू हुने करको दरसम्बन्धी उक्त तालिका आय वर्ष २०८३/८४ का लागि जारी गरिएको हो ।

विभागका अनुसार १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत आयकर लाग्ने छ । १० लाख रुपैयाँभन्दा बढी १५ लाख रुपैयाँसम्मको करयोग्य आयमा १० प्रतिशत कर लाग्नेछ ।

त्यस्तै, १५ लाख रुपैयाँभन्दा बढी २५ लाख रुपैयाँसम्मको आयमा २० प्रतिशत र २५ लाख रुपैयाँभन्दा बढी ४० लाख रुपैयाँसम्मको करयोग्यआयमा २७ प्रतिशत कर लाग्ने छ । ४० लाख वा सो भन्दा बढी कर योग्य आय भएमा २९ प्रतिशत कर लाग्ने छ ।

यसैगरी, ६० लाख रुपैयाँ करयोग्य आय भएका व्यक्तिले १२ लाख ४५ हजार रुपैयाँ कर तिर्नुपर्छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T