Skip to content

जुम्ला यातायात व्यवस्था सेवा कार्यालयले गर्यो एक करोड ९४ लाख राजस्व संकलन

काठमाडौं । यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२÷८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ। आव २०८१÷८२ भन्दा गत आवमा करिब ५० लाख रुपैयाँ बढी राजस्व जम्मा भएको छ । चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाह छिटोछरितो भएकाले राजस्व बढेको यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।

पकेट तथा रुट परमिटबाट १८ लाख ८८ हजार रुपैयाँ सवारी दर्ता किताब दस्तुरबाट ६४ लाख ९२ हजार रुपैयाँ, अग्रिम आयकरमार्फत ६ लाख ६८ हजार, बेरुजु असुली एक हजार ५७५ र सवारीसाधन करबाट एक करोड ३९ लाख तीन हजार रुपैयाँ राजस्व जम्मा भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताए ।

सोही अवधिमा मोटरसाइकल, स्कुटर र मोपेड वर्ग ९ए० अन्तर्गत १८८ वटा, कार, जिप, डेलिभरी भ्यान वर्ग ९बी० अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा लाइसेन्स वितरण गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T