Skip to content

नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट

काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रालि भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त पोखरेल र अस्पतालका बजार प्रमुख उमाकान्त बरालले हस्ताक्षर गरेका हुन ।

सम्झौतासँगै अब कोषका सहभागी, सेयरधनी र कर्मचारीले २० प्रतिशत छुटको अतिरिक्त अस्पतालले उपलब्ध गराउने सिटी स्क्यान र अपरेशनमा १०÷१० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत उक्त छुट पाउने छन् ।

छुट सुविधा लिन कोषका सहभागी, सेयरधनी तथा कर्मचारीले आफ्नो परिचयपत्र, सहभागीले कोषमा आवद्ध भएको प्रमाणपत्र वा अन्य पहिचान खुल्ने कागजात पेस गर्नुपर्ने व्यवस्था गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T