काठमाडौं । सेयर बजार स्थिर बनेको छ ।
बजार मापन गर्ने सूचक ०.७९ अंकले बढेर परिसूचक २६४१.८५ बिन्दु कायम भएको छ ।
३४० कम्पनीको ९५ लाख ३४ हजार २२१ कित्ता सेयर ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा १३३ कम्पनीले सेयर मूल्य बढेको छ भने १२२ कम्पनीको सेयर मूल्य घटेको छ ।
कारोबारमा बैंकिङ, होटल, जलविद्युत, जीवन बीमा र अन्य उप समूहको सूचक बढेको छ भने बाँकी समूहको सूचक घटेको छ ।
कारोबारमा अप्पर लोहर खोला हाइड्रोपावर कम्पनीको मूल्यमा सकारात्मक सर्कीट लागेको छ ।





प्रतिक्रिया दिनुहोस्