Skip to content

शक्ति सेक्युरिटिजले ल्यायो मार्जिन कारोबार सुविधा सञ्चालन

काठमाडौं । त्रिशक्ति सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ४८) ले आफ्ना योग्य ग्राहकहरूका लागि मार्जिन कारोबार सुविधा औपचारिक रूपमा सञ्चालनमा ल्याएको जनाएको छ।

नेपाल धितोपत्र बोर्डबाट जारी ‘मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०६२’ तथा प्रचलित नियामकीय व्यवस्थाअनुसार कम्पनीले योग्य ग्राहकहरूलाई उक्त सुविधा उपलब्ध गराउन थालेको हो।

कम्पनीका अनुसार निर्धारित मापदण्ड तथा शर्तहरू पूरा गर्ने योग्य ग्राहकले तोकिएको सीमाभित्र रही मार्जिन कारोबार गर्न सक्नेछन्। मार्जिन कारोबार सुविधा लिन इच्छुक ग्राहकले आवश्यक प्रक्रिया पूरा गरी कम्पनीको काठमाडौंस्थित मुख्य कार्यालय तथा पोखरा, महेन्द्रनगर, धनगढी, हेटौंडा, बुटवल, बनेपा, ललितपुर र भक्तपुरस्थित शाखा कार्यालयमा सम्पर्क गरी मार्जिन कारोबार खाता खोल्न तथा सेवा लिन सक्नेछन्।

मार्जिन कारोबार सुविधा उपयोग गर्दा लागू हुने मार्जिन सीमा, ब्याजदर, योग्य धितोपत्र, आवश्यक मार्जिन तथा अन्य नियम तथा शर्तसम्बन्धी विस्तृत जानकारी कम्पनीबाट प्राप्त गर्न सकिने त्रिशक्ति सेक्युरिटिजले जनाएको छ।

कम्पनीले लगानीकर्तालाई थप लगानीका अवसर तथा विविध सेवा उपलब्ध गराउने उद्देश्यले लगानीकर्तामैत्री, पारदर्शी र प्रभावकारी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima