Skip to content

हिमालयन डिष्टिलरीको नाफा २८.१४ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनिले गत आर्थिक वर्षको असार मसान्तसम्म १ अर्ब २० करोड ६३ लाख ३७ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा अघिल्लो आवको सोहो अवधिको तुलनामा २८.१४ प्रतिशतले धेरै हो । कम्पनीले अघिल्लो आवमा ९४ करोड १४ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवको असार मसान्तसम्म कम्पनीको खुद बिक्री आम्दानी १७.८८ प्रतिशतले बढेर ४ अर्ब ३७ करोड १८ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको कुल नाफा ४३.२५ प्रतिशतले बढेर ३ अर्ब ५ करोड ९३ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको सञ्चालन मुनाफा ३१.९५ प्रतिशतले बढेर १ अर्ब ६७ करोड ७५ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३२ रुपैयाँ ७१ पैसा पुगेको रहेको छ भने प्रतिसेयर नेटवर्थ १४१ रुपैयाँ ४३ पैसा छ ।

३ अर्ब ६८ करोड ८० लाख ८२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी १ अर्ब ५२ करोड ७८ लाख २३ हजार रुपैयाँको रहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T