Skip to content

सागर डिष्टिलरीको घाटा बढ्दै

काठमाडौं । सागर डिष्टिलरी कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्मको अपरिस्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

यो अवधिमा कम्पनी ५ करोड ७२ लाख ६९ हजार रुपैयाँ घाटामा रह‍ेको छ । अघिल्लो आवको सोही अवधिमा ३ करोड ३५ लाख ५७ हजार रुपैयाँ घाटामा रह‍ेको थियो ।

कम्पनी घाटामा रहेको भएपनि कुल सञ्चालन १४५.४८ प्रतिशतले बढेर ४७ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको खुद बिक्री आम्दानी १४७.७२ प्रतिशत बढेर २० करोड ९८ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल नाफा ९५.७९ प्रतिशत बढेर ९ करोड ९२ लाख रुपैयाँ छ ।

गत आवको असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ७ रुपैयाँ ८९ पैसा ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९६ पैसा छ ।

७२ करोड ६० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी १४ करोड ४९ लाख रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T