काठमाडौं । बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ । बुधबारको बजारमा सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँ र चाँदी प्रतितोला १६० रुपैयाँले घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख ६ हजार ८०० रुपैयाँम कारोबार भएको थियो ।
यसैगरी, बुधबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ७५५ रुपैयाँ रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्