काठमाडौं । बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । बिहीबार सुनको मूल्य तोलाको ९ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलाको २६० रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १३ हजार ४०० सय रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा सुनको मूल्य तोलाको ३ लाख ४ हजार १०० रुपैयाँ थियो ।
यसैगरी, आज चाँदीको मूल्य पनि तोलाको २६० रुपैयाँ बढेर ४ हजार ८५५ रुपैयाँ कायम भएको छ । बुधबारको बजारमा चाँदी तोलाको ४ हजार ५९५ रुपैयाँ रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्