काठमाडौं । शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य उच्च दरले बढेको छ ।
आज सुनको मूल्य तोलाको ३ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलाको १३० रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख १६ हजार ७०० रुपैयाँ रहेको छ ।
बिहीबार ३ लाख १३ हजार ४०० सय रुपैयाँ रहेको थियो ।
यसैगरी, आज चाँदीको मूल्य तोलाको १३० रुपैयाँ बढेर ४ हजार ९८५ रुपैयाँ रहको छ । बिहीबार ४ हजार ८५५ रुपैयाँ रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्