काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य प्रतितोला २ हजार ८ सय रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज १० रुपैयाँ घटेर प्रतितोला ४ हजार ९७५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।







प्रतिक्रिया दिनुहोस्