Skip to content

सुनको मूल्यमा उच्च वृद्धि कायमै, चाँदी भने घट्यो 

काठमाडौं । सोमबारको पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । केही दिन देखी लगातार बढेको सुनको मूल्य सोमबार पनि बढेको हो ।
सोमबारको बजारमा सुनको मूल्य तोलाको ३ हजार २०० रुपैयाँले बढेर ३ लाख २२ हजार ७०० रुपैयाँ पुगेको छ । आइतबारको बजारमा सुन प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने आज १० रुपैयाँ घटेर प्रतितोला ४ हजार ९६५ रुपैयाँ कायम भएको छ। आइतबारको बजारमा चाँदीको मूल्य तोलाको ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी,  शुक्रबार चाँदी प्रतितोला ४ हजार ९८५ रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T