काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य सामान्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलाको ६५ रुपैयाँ घटेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँ रहेको थियो।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला ४ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो।






प्रतिक्रिया दिनुहोस्