Skip to content

यात्रु चाप बढे पनि हवाई भाडा नबढाउने वायुसेवा सञ्चालक संघको घोषणा

काठमाडौं । बाढीका कारण स्थलमार्ग अवरुद्ध भएसँगै हवाई यात्रुको चाप बढे पनि हवाई भाडा नबढाउने वायुसेवा सञ्चालक संघले जनाएको छ ।

रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण सडक सञ्जाल अवरुद्ध भएपछि हवाई यात्रुको संख्या बढेको छ । चाप बढ्दा केही सेक्टरमा सस्तो दरका टिकट सकिए पनि वायुसेवा कम्पनीहरूले सरकारले तोकेको साविककै सीमाभित्र रहेर टिकट बिक्री गरिरहेको संघले स्पष्ट पारेको छ ।

संघका अध्यक्ष प्रतापजंग पाण्डेद्वारा जारी विज्ञप्तिमा बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

संघले विपद्का बेला आफ्ना सदस्य वायुसेवा कम्पनीका हेलिकप्टरहरू खोज तथा उद्धारमा परिचालन भइरहेको जनाएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीलाई प्रभावित क्षेत्रमा पुर्याउने, स्वास्थ्य तथा राहत सामग्री ढुवानी गर्ने र घाइतेलाई सुरक्षित स्थानमा ल्याउने कार्यमा समेत हेलिकप्टर प्रयोग भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T