Skip to content

भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै,एकको मृत्यु (नामावलिसहित)

काठमाडौं । रसुवा बाढीमा परी घाइते भएका तथा उद्धार गरी काठमाडौं ल्याइएकामध्ये ३६ जनाको त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंले अस्पतालमा ल्याएका ३७ घाइतेमध्ये एक जनाको मृत्यु भएको र बाँकी ३६ जनाको उपचार भइरहेको जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् । घाइते भएकामध्ये छ जनाको ‘आइसियु’मा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईंले बताए ।

घाइते हुनेहरुमा तेजबहादुर तामाङ, पेमा तामाङ, पवित्र कार्की, राजेन्द्र भट्ट, मीनबहादुर श्रेष्ठ, गिरिलाल बुढाथोकी, सुजन बस्नेत, रुपक रोका, सुशान्त श्रेष्ठ, बलबहादुर घर्ती, अशोक श्रेष्ठ, कर्मा योन्जन नगरकोटी, रामप्रसाद थारु, सुरुची रानामगर, रिता डोचो र निम दोर्जे शेर्पा रहेका छन् ।

यस्तै, रितु डङ्गोल, स्मृति ओझा, इशारा तामाङ, महेश्वर शाह, सुशीला भ्लोन, सिजल थापा क्षेत्री, सितार तामाङ, राजन खत्री, रमनलाल श्रेष्ठ, रमेश अधिकारी, निमा दोर्जे तामाङ, सङ्गीता तामाङ, पासाङ छोमु घले, पापु पटेल, सम्झना न्यौपाने, समय तामाङ, छिमलाल तामाङ, चिसाङ तामाङ र रोशन तामाङ तथा भारतीय नागरिक नवलेश शर्माको हाल शिक्षण अस्पतलमा उपचार भइरहेको छ ।

बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी काठमाडौँ ल्याइएका घाइतेको उपचारसँगै उनीहरूका आफन्तको खोजी तथा अवस्थाबारे जानकारी लिनेक्रम जारी छ । घाइतेका आफन्तजन अस्पतालमा पुगेर आफ्ना परिवारका सदस्यको अवस्थाबारे जानकारी लिइरहेका छन् ।

बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले अस्पतालमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । सहायता कक्षमा घाइतेको अवस्थाबारे जानकारी लिन आउने तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।

यसैबीच बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यलाई तीव्र बनाइएको छ भने घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याउने क्रम जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्तिको पहिचान तथा अवस्थाबारे विवरण सङ्कलन गर्ने काम भइरहेको छ । उद्धार गरिएका तथा उपचारका लागि काठमाडौँ ल्याइएका व्यक्तिका आफन्तले सम्बन्धित अस्पतालमा स्थापना गरिएको नागरिक सहायता कक्षमार्फत जानकारी लिन सक्ने व्यवस्था मिलाइएको छ ।

बाढीका कारण प्रभावित परिवार आफन्तजनको अवस्थाबारे जानकारी पाउन अस्पताल तथा सहायता कक्षमा पुगिरहेका छन् । प्रहरीले विपद्का समयमा अपुष्ट सूचना तथा हल्लाको पछि नलागी आधिकारिक निकायबाट प्राप्त सूचनामा मात्र विश्वास गर्न आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T