काठमाडौं । बाढी प्रभावितका लागि नेपाल लेयर्स कुखुरा पालक संघले १० लाख रुपैयाँ सहयोग गरेको छ। संघले सहयोगस्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बिहीबार १० लाख रुपैयाँ जम्मा गरेको छ।
सरकारले आर्थिक सहयोगका लागि आह्वान गरेपछि संघका तर्फबाट रकम जम्मा गरेको संघका अध्यक्ष विनोद पोखरेलले बताए।






प्रतिक्रिया दिनुहोस्