Skip to content

नयाँ नामी बक्स ई२ को बिक्री सुरु, मूल्य कति ?

काठमाडौं । नेपालका लागि डोङफेङ नामी इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक एमएडब्लू वृद्धि मोटर्सले नाडा अटो शो २०२६ मा नयाँ नामी बक्स ई२ को बुकिङ तथा बिक्री सुरु गरेको छ।

नयाँ बक्स ई२ दुई भेरियन्टमा उपलब्ध छ। बक्स ई२ ३३० को नाडा विशेष मूल्य २९ लाख ९९ हजार रुपैयाँ र बक्स ई२ ४३० को ३१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। नाडा अटो शोपछि यी दुई भेरियन्टको मूल्य क्रमशः ३० लाख ९९ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ।

सन् २०२४ मा नेपाली बजारमा प्रवेश गरेको नामी बक्स आकर्षक डिजाइन, फराकिलो क्याबिन र व्यावहारिक रेन्जका कारण ग्राहकबीच लोकप्रिय बनेको कम्पनीको दाबी छ। नयाँ बक्स ई२ पनि सोही आधारमा तयार गरिएको कम्पनीले जनाएको छ।

प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने उद्देश्यले नयाँ मोडलमा केही फिचर परिमार्जन गरिएको छ। अघिल्लो मोडलमा रहेका लेभल–२ एडीएएस, अटोमेटिक पार्किङ र एम्बियन्ट लाइटिङ नयाँ संस्करणमा उपलब्ध छैनन्। यद्यपि, यसमा डार्क मोड, इन–बिल्ट कारप्ले र ६ वटा एयरब्याग छन्।

बक्स ई२ ३३० ले २३७ किलोमिटर र बक्स ई२ ४३० ले ३१७ किलोमिटर डब्लुएलटीपी रेन्ज दिने कम्पनीले जनाएको छ। नेपालमा हाल २ हजारभन्दा बढी नामी इलेक्ट्रिक सवारीसाधन सञ्चालनमा रहेको कम्पनीको भनाइ छ।

नाडा अटो शो अवधिमा ग्राहकले डोङफेङ नामीको ए६ र ए७ नम्बरको स्टलमा नयाँ बक्स ई२ अवलोकन तथा बुकिङ गर्न सक्नेछन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T