काठमाडौं । औषधि उत्पादक कम्पनी आर्या फार्माल्यावले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारलाई ८२ लाख ५१ हजार ७५० रुपैयाँ बराबरका औषधि उपलब्ध गराएको छ।
कम्पनीले बाढी प्रभावित क्षेत्रमा कार्यरत स्वास्थ्य चौकी तथा स्वास्थ्य स्वयंसेवकहरूलाई लक्षित गरी आवश्यक औषधिहरू सहयोगस्वरूप हस्तान्तरण गरेको जनाएको छ। विपद्का कारण प्रभावित नागरिकहरूलाई समयमै स्वास्थ्य सेवा उपलब्ध गराउन तथा उपचार कार्यलाई प्रभावकारी बनाउन उक्त सहयोग प्रदान गरिएको कम्पनीको भनाइ छ।
आर्या फार्माल्यावका अनुसार प्रभावित क्षेत्रका नागरिकहरूको स्वास्थ्य उपचारका लागि थप सहयोग आवश्यक परेमा उपचारमा प्रयोग हुने उपकरण तथा थप औषधि समेत उपलब्ध गराउने प्रतिबद्धता गरिएको छ।
कम्पनीले विपद्को समयमा प्रभावित नागरिकहरूलाई आवश्यक औषधि तथा स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न गरिएको यस सहयोगले स्वास्थ्य चौकी र स्वास्थ्य स्वयंसेवकमार्फत प्रभावित समुदायलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेको छ।
बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिक र परिवारहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर गरिएको यस सहयोगले राहत, उपचार तथा पुनर्स्थापना कार्यमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
आर्या फार्माल्यावले विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिक तथा परिवारहरूप्रति ऐक्यबद्धता जनाउँदै स्वास्थ्य सुरक्षाका लागि आवश्यक सहयोगमा निरन्तर साथ दिने प्रतिबद्धता समेत व्यक्त गरेको छ।






प्रतिक्रिया दिनुहोस्