Skip to content

पृथ्वी राजमार्ग खुल्यो, काठमाडौंतर्फको यात्रा पुनः सुरु

काठमाडौं । बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनः सञ्चालनमा आएको छ। सडकमा थुप्रिएको लेदो तथा माटो हटाएपछि काठमाडौंतर्फको यातायात सञ्चालनमा आएको हो।

राजमार्ग अवरुद्ध हुँदा विभिन्न स्थानमा सवारीसाधन रोकिएका थिए। सडक खुलेसँगै रोकिएका सवारीसाधन क्रमशः गन्तव्यतर्फ जान थालेका छन्।

पछिल्लो समय रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण सडक सञ्जालमा ठूलो असर परेको छ। राजमार्गका विभिन्न स्थानमा अझै पनि सडकको अवस्था जोखिमपूर्ण रहेकाले सावधानी अपनाएर यात्रा गर्न आग्रह गरिएको छ।

सम्बन्धित निकायले सडकको अवस्था निगरानी गर्दै अवरुद्ध हुन सक्ने स्थानमा आवश्यक जनशक्ति तथा उपकरण तयारी अवस्थामा राखेको जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T