Skip to content

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सूर्य नेपालको १५ करोड सहयोग, निजी क्षेत्रबाट हालसम्मकै ठूलो योगदान

काठमाडौँ । सूर्य नेपाल प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड रुपैयाँ सहयोग गरेको छ। कम्पनीले शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकमको चेक हस्तान्तरण गरेको हो।

सूर्य नेपालका अनुसार प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उपलब्ध गराइएको हो। कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पूर्वजानकारीसहित प्रदान गरिएको यो रकम निजी क्षेत्रबाट हालसम्मकै सबैभन्दा ठूलो सहयोग भएको जनाएको छ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा सूर्य नेपालका प्रबन्ध निर्देशक गौरव तयाल, उपाध्यक्षद्वय डिप्रा लहेरी र रवि केसी तथा महाप्रबन्धक प्रेम अर्याल सहभागी थिए। उनीहरूले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई १५ करोड रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले विपद्को कठिन समयमा निजी क्षेत्रले देखाएको सामाजिक उत्तरदायित्व र सहकार्यको भावनाले राहत तथा पुनःस्थापनाका कार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

हाल देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको अवस्थामा सरकार राहत, उद्धार र पुनःस्थापनाका कार्यमा जुटिरहेको छ। यस्तो अवस्थामा सूर्य नेपालको सहयोगले प्रभावित समुदायलाई राहत उपलब्ध गराउने प्रयासमा महत्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T