Skip to content

बाढीपीडितको उद्धार तथा राहतका लागि पूर्ण ट्रेडिङ जापानद्वारा २१ लाख सहयोग

काठमाडौं । रसुवा, नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा हालै आएको विनाशकारी बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि पूर्ण ट्रेडिङ जापानले २१ लाख रुपैयाँ सहयोग गरेको छ।

पूर्ण ट्रेडिङ जापानले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित तथा विस्थापित परिवारप्रति सहानुभूति जनाएको छ।

कम्पनीका अनुसार विपद् प्रभावितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल सरकारको आह्वानमा जापानबाट नेपाली उत्पादनलाई बजारमा पुर्‍याउन उल्लेखनीय भूमिका खेल्दै आएको पूर्ण ट्रेडिङ जापानले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २१ लाख रुपैयाँ जम्मा गरी सहयोग गरेको हो।

कम्पनीले विपद्को समयमा उद्धार, राहत तथा पुनर्स्थापनाका लागि निरन्तर खटिएका नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह, सामाजिक संघ–संस्था तथा स्वयंसेवकहरूप्रति सम्मान व्यक्त गरेको छ।

साथै बाढीपहिरो प्रभावित नागरिकलाई सहयोग तथा राहत कार्यक्रममा योगदान पुर्‍याउन इच्छुक व्यक्ति, व्यवसायी, संघ–संस्था तथा सम्बन्धित निकायलाई आफ्नो क्षमता र क्षेत्रअनुसार सक्दो सहयोग गर्न पूर्ण ट्रेडिङ जापानले आग्रह गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T