Skip to content

जावलाखेल ग्रुपद्वारा बाढीपहिरो पीडितको राहतका लागि ३ करोड सहयोग

काठमाडौं । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले देशका विभिन्न स्थानमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितहरूको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि नेपाल सरकारलाई ३ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गरी सरकारलाई हस्तान्तरण गरेको जनाएको छ। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा पुनर्स्थापना कार्यमा सरकारलाई सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीको भनाइ छ।

बाढीपहिरोबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउन तथा विपत्तिपछि आवश्यक पुनर्स्थापना र पुनर्निर्माणका कार्यमा सहयोग पुग्ने विश्वाससहित सहयोग गरिएको जेजीआईले जनाएको छ।

यसैबीच, कम्पनीले बाढीपहिरोका कारण ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T